दफा २१
सजाय गर्ने अधिकार
(१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको उल्लंघन गर्ने व्यक्तिलाई दफा १९ बमोजिम सजाय गर्ने अधिकार श्रम कार्यालयलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिम सजाय गर्दा श्रम कार्यालयले कैदको सजाय गर्नु परेमा श्रम अदालतमा जाहेर गरी सो अदालतबाट निकासा भए बमोजिम गर्नु पर्नेछ ।